ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुक विल्डिङ विधिमार्फत निष्कासित शेयरमा लगानी गर्न ४६ ओटा संस्थागत लगानीकर्ता योग्य 

२०७७ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । बुक विल्डिङ बिधिमार्फत निष्कासन हुने शेयरमा लगानी गर्न ४६ ओटा संस्थागत लगानीकर्ताले स्वीकृति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले ६२ ओटा संस्थाहरुले निवेदन दिएकोमा बित्तीय र व्यवस्थापकिय पक्षकको अध्ययन गरी ४६ ओटा कम्पनीलाई मात्र योग्य संस्थागत लगानीकर्ताको  स्वीकृति दिएको हो । योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति पाउनेमा सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंक पनि रहेका छन् ।

बुक विल्डिङ विधिमार्फत निष्कासित शेयरमा संस्थागत लगानीकर्ताको रुपमा सूचीकृत कम्पनी, सामूहिक लगानीकोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना , मान्यता प्राप्त अवकाश कोष, मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम रू. १० करोड भएका धितोपत्र लगानी गर्ने उदेश्यले स्थापित लगानी कम्पनीहरु रहन पाउने व्यवस्था बोर्डले गरेको छ । ४६ ओटा कम्पनीमध्ये अधिकांश मर्चेण्ट बैंकरहरु रहेका छन् । 

बोर्डले गत भदौ ३ गते सूचना जारी गरी बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयर खरिदका लागि योग्य संस्थागत लगानीकर्ताको स्वीकृति लिन आग्रह गरेको थियो । 
बोर्डले स्वीकृति प्रदान गरेका योग्य संस्थागत लगानीकर्ताहरुले निष्काशनकर्ता कम्पनीको प्राविधिक , वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिका वितरणको अध्ययनको आधारमा सुसूचित तवरले धितोपत्रको आशय मूल्य पेश गरी आईपीओको उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने बोर्डले बताएको छ । 

बोर्डले आईपीओमा बुक विल्डिङ प्रणाली साउन २८ गतेदेखि लागू गरेको छ । यस विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत धितोपत्र निष्कासन गर्नुपर्नेछ । बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

उक्त विधिमार्फत कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्ण रुपमा विक्री हुदाँ कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ । 

कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम बाँडफाँट भएको तीन कार्यदिनभित्र आर्जित ब्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ ।

यो पनि हेर्नुस् :

बुक बिल्डिङ भनेको के हो ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्