ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल–चीन व्यापार सम्झौता : सकारात्मक सुरुवात

२०७७ पौष, २४  
१० वर्ष अघि
NA

नेपाल र चीनबीच नेपाली उत्पादनहरूलाई भन्साररहित प्रवेश दिने सम्झौतामा शुक्रवार हस्ताक्षर भएको छ । चीनले आयात गर्ने सम्भावना भएका झन्डै ५ हजार वस्तुहरूमध्ये ३ सय ६१ वस्तुहरू निर्यात गर्दा अब चिनमा भन्सार शुल्क लाग्नेछैन । यो संख्याभित्र नेपालमा उत्पादन हुने प्रायः सबै वस्तुहरू पर्दछन् । यद्यपि चीनले यस्तो भन्सार छुटको व्यवस्था नेपाललाई मात्र होइन, नेपालजस्तै अल्पविकसित अरू ५० राष्ट्रलाई पनि दिँदैछ । यीमध्ये चीनसँग जमिनको सीमा जोडिएका १४ वटा र सामुद्रिक सीमा भएका १० वटामध्ये जापानबाहेक ९ वटा गरी २५ वटा मुलुकहरू सिद्धान्ततः यस श्रेणीमा परेका छन् ।

चीनको यो रणनीति आफूले नेतृत्व गरेको एउटा छुट्टै व्यापारिक एवं ध्रुव (ट्रेड ब्लक) निर्माण गर्नेतर्फ लक्षित भएको कुरा छर्लंग नै छ । युरोप र अमेरिकाका विकसित राष्ट्रहरूले उत्पादन प्रशोधन तथा अर्तप्रशोन गरेका सामानहरू आफ्नो बजारमा प्रवेशका लागि अनगिन्ती शर्त र बहानाहरू बनाइरहेको अवस्था छ । चीनको नयाँ रणानीतिले विकासशील राष्ट्रहरूलाई व्यापार विस्तारको आशा बढाइदिएको छ । विश्वको आर्थिक एवं राजनीतिक महाशक्तिका रूपमा स्थापित हुने कसरत गरिरहेको चीनको अभीष्ट पूरा गर्न उसका नयाँ व्यापार रणनीतिले धेरै हदसम्म सघाउन सक्ने उसले अपेक्षा गरेको हुनुपर्छ ।

चीको यो रणनीति विश्व रंगमञ्चमा आफ्नो प्रभावशाली उपस्थिति सुनिश्चित गर्नुका अतिरिक्त क्षेत्रीय प्रभुत्व कायम गर्ने उद्देश्यतर्फ पनि केन्द्रित छ । यय क्षेत्रको अर्को ठूलो अर्थतन्त्र एवं झन्डै चीनको बराबर जनसंख्या भएको भारतभन्दा आर्थिक कूटनीतिमा अगाडि दौडने अभिलाषालाई पनि यसले सतहमा ल्याएको छ ।

(सम्पादकीयबाट)
अंक ३७, २०६७, जेठ ३–९

प्रतिक्रिया [1]
User Image

mana sapkota

[Jan 8, 2021 01:11am]

Chinko gungan gauna bhanda k k saman pathauna milcha ra prakriya kasto chha bhani bare lekhda nepalilai badhi faida hunthyo ki!!!!


प्रतिक्रिया दिनुहोस्