ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयरबजारमा जुवा घरको प्रशंग

२०७७ पौष, २४  
पाठक विचार
NA

धेरै कारणले शेयर मूल्यमा दैनिक परिवर्तन हुन सक्छ । यसको अर्थ शेयर मूल्य घटिहाल्दा देशको आर्थिक अवस्था कमजोर र बढिहाल्दा आर्थिक अवस्था बलियो छ भन्ने होइन । शेयरबजार आर्थिक विकास र स्थिरताको मेरूदण्ड हो भनिए पनि नेपालमा भने धेरैको बुझाइमा जुवा घरजस्तै हो भन्ने रहेको छ । विश्वबजारमा कोरोना भाइरसको प्रभावले शेयर मूल्यमा गिरावट आएको बेला नेपालको शेयरबजार अनपेक्षित वृद्धि हुुनुले यसलाई नै संकेत गर्छ । कम्पनीको वित्तीय अवस्था र संरचनागत अवस्था नबुझी बजार हल्लाको भरमा गरिएको लगानीले नै यस्तो सोच ल्याएको हो ।

पछिल्लो समय नेपालको शेयरबजारको बढोत्तरी हेर्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पूँजी बजारमा लगानी गर्ने लगानीकर्ता बढेका छन् । कोरोना भाइरसको नकारात्मक असर परे पनि यसले पूँजी बजारलाई सकारात्मक प्रभाव पार्नु आफैमा विरोधाभासपूर्ण देखिन्छ । बैंक तथा वित्तीय संस्थामा कोरोना प्रभावले निक्षेप बढेको, कर्जा घटेको, भाखा नाघेको कर्जा बढिरहेको र नाफामा गिरावट आएको अवस्था छ । तर, ती संस्थाकै शेयर मूल्य उकालो लागेको पाइन्छ । शेयर कारोबारको बढोत्तरी हुनु खुशीको कुरा भए तापनि के लगानीकर्ता सम्बद्ध कम्पनीको वित्तीय अवस्थाका बारेमा अवगत नभई लगानी गर्दा यो जुवाघरकै नजीक पुगेको अनुभव हुन्छ । जोखिम वहन गर्न सक्ने क्षमता र लगानी सुरक्षालाई ध्यान नदिईकन हचुवाको भरमा शेयर किनबेच गर्नेहरूकै कारण शेयरबजार यसरी जुवाघरजस्तो भनिन पुगेको हो ।

शेयरको मूल्य कसरी निर्धारण हुन्छ ? कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ ? शेयर किन किन्ने ? शेयर कति बेला विक्री गर्दा नाफा होला ? शेयरको मूल्य किन घटबढ भइरहन्छ ? शेयरको घटबढले अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्नहरूको उत्तर दिन सक्ने लगानीकर्ता भएमा जुवाघर होइन । शेयर किनबेच गर्दा कम्पनीको अवस्था, वासलात, नाफानोक्सान नहेर्नेको संख्या ठूलो छ । मूल्य सूची र सीमित व्यक्तिको बजार हल्लाको भरमा शेयर कारोबार भएको पनि पाइन्छ । कृत्रिम अभाव, अवैध चलखेल अर्थात् कार्टेलिङ आदिको कारण नै शेयरबजार स्थिर हुन सकेको छैन । यही कारण सामान्य मानिसलाई शेयरबजार जुवाघर लाग्नु अस्वाभाविक होइन ।

शेयरबजारमा संकुचन नभई बढोत्तरी भएको छ । संकुचन किन आउँछ र बढोत्तरी के कारणले भयो भन्ने बुभ्mन जरुरी छ । यसरी देशको अर्थव्यवस्थामा भइरहेको घटना र परिघटनालाई दृष्टिगत गर्दै यसबारेमा जनचेतना जगाउने वा सम्बद्ध कर्मचारी समेतलाई तालीम आवश्यक पर्छ । अधिकांश कम्पनीको शेयरको मूल्य बढ्नुमा कुनै ताŒिवक वैज्ञानिक कारणभन्दा सीमित व्यक्तिले धितोपत्र बजारको शेयर मूल्यमा एकाधिकार जमाएको र सरकारका केही नीतिगत कुराहरू पनि जवाफदेही छन् भन्ने अधिकांशको बुझाइ छ । तर, वैज्ञानिक रूपमा शेयरको मूल्य बढ्नु त कम्पनीको वित्तीयलगायत अवस्था राम्रो हुनैपर्छ । तथापि शेयर धितो मार्जिनमा लचकता, अर्थमन्त्रीको परिवर्तन, शेयरबजारमा प्र्रविधिको विकास र वैकल्पिक लगानीका उपाय नहुनुलाई पनि शेयरको मूल्य वृद्धिको कारक तŒवका रूपमा लिन सकिन्छ । तर, यो बजार जुवाघर पक्कै होइन । बुझेर लगानी गर्नेहरूका लागि यो राम्रो क्षेत्र हो भने नबुझी लगानी गर्नेका लागि जुवाघरभन्दा नराम्रो क्षेत्र हो । किनभने जुवामा बरु जितको सम्भावना हुन्छ । यसमा त सम्पत्ति गुमाएर आत्महत्या गर्नेसमेत छन् ।

हरि खड्का
मण्डिखाटार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्