ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जेटेरेटरको आयात बढ्नुको कारण लोडशेडिङकै त्रास हो त ?

२०७७ पौष, २४  
पाठक विचार
NA

गत भदौमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँग आममानिसमा अब लोडशेडिङ शुरू हुन्छ भन्ने त्रास बढेको थियो । त्यसैले उनलाई पुनर्नियुक्ति गर्न माग गर्दै प्रदर्शनसमेत भएको थियो । सोसल मिडियामा पनि अभियान चलेको थियो । तर, उनको नियुक्ति भएन । अहिले यसको जस लिन प्रधानमन्त्री र मन्त्रीहरूमा लहड नै चलेको छ । तर, पछिल्लो समय देशका विभिन्न स्थानमा छिनछिनमै बत्ती आउने जाने समस्या भोगिरहेको आम सर्वसाधारणको गुनासो छ । बत्ती जानुको कारण लोडशेडिङ नहुन सक्छ । तर, आममानिसमा भने त्यही त्रास छ । इन्भर्टर व्यापारीबाट कमिशन खाएर लोडशेडिङ गरिएको धेरै मानिसको बुझाइछ । त्यही भएर अहिले बजारमा जेनेरेटर, इन्भर्टर र ब्याट्रीको माग बढ्न थालको र आयात पनि बढेको समाचार आइरहेको छ ।

आर्थिक अभियानले दिएको समाचारअनुसार आर्थिक वर्ष २०७६/७७ को ५ महीनाको अवधिमा १५४ थान जेनेरेटर आयात भएको थियो । तर, चालू आवको सोही अवधिमा २२७ जेनेरेटर आयात भएको छ । जुन गत वर्षको तुलनामा ७३ थान बढी हो । यस्तै, आव २०७४/७५ बाट ब्याट्रीको आयात निरन्तर बढेको देखिन्छ । उक्त वर्षको ५ महीनाको अवधिमा १ लाख ६ हजार ८ थान ब्याट्री आयात भएकोमा आव २०७५/७६ मा बढेर २ लाख २९ हजार २ सय ३८ ब्याट्री आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । तर, २०७६/७७ मा भने घटेर १ लाख ७७ हजार ९ सय ७० ब्याट्री आयात भएको थियो । तर, चालू आवको ५ महीनामा भने ≈वात्तै बढेर ३ लाख १५ हजार ५ सय ९८ आयात भएको तथ्याङ्कले उल्लेख गरेको छ ।

तर, यी सामानको प्रयोग विद्युत्को विकल्पमा मात्रै प्रयोग हुने होइन । जेनेरेटरको प्रयोग पानी तान्न किसानहरूले प्रयोग गर्छन् । त्यस्तै ब्याट्रीको आयात बढ्नुमा कोरोनाका कारण पुराना ल्यापटपका लागि हो । अनलाइन पढाइ भएसँग मानिसहरूले ब्याट्री नयाँ राखेर तिनको मर्मत गरेर उपयोग गरेका छन् । नयाँ ल्यापटपको मूल्य बढेकाले पनि पुराना सामानको प्रयोग बढेको हो । त्यही भएर इन्भर्टरको आयात बढेको छैन । यस्तोमा पेटोल डिजेलले चल्ने जेनेरेटरभन्दा विद्युत्बाट चल्ने जेनेरेटर ल्याउन पहल हुनुपर्छ ।

सुमन महर्जन
नयाँबजार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्