ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिन्द्रा केयर फेस्ट २०२१ हुँदै

२०७७ पौष, २४  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्स प्रालिले महिन्द्रा केयर फेस्ट २०२१ आयोजना गर्दै छ  । फेस्ट पुस २६ देखि माघ २ गतेसम्म देशव्यापी रूपमा आयोजना गरिन लागेको हो ।

यस अवधिभर महिन्द्राका नेपाल अधिराज्यभरका आधिकारिक सर्भिस सेन्टरमा कम्पनीका दक्ष प्राविधिकले गाडीको फ्री ६० प्वाइन्ट चेकअप गर्नेछन् । यस अवसरमा विशेष छुट तथा आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ । प्रत्येक वर्ष ग्राहकलाई थप सेवा प्रदान गर्न महिन्द्राले देशव्यापी रूपमा महिन्द्रा केयर फेस्ट क्याम्प आयोजना गर्दै आएको छ । यस वर्ष कोभिड–१९ को महामारी भए पनि सतर्कता अपनाएर फेस्ट सम्पन्न गरिने बालाजु अटो वक्र्सले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्