ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन

२०७७ पौष, २४  
वाग्मती प्रदेश
NA

रसुवा । हिमाली क्षेत्रमा कोभिड–१९ को संक्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं व्यापारिक मार्गका होटल तथा लजले नियमित सेवा दिन थालेका हुन् ।

धुञ्चेदेखि लाङटाङ तथा गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग, नेपालको उत्तरी नाकाको रसुुवागढीलगायत हेलम्बु, डाडेपाटीलगायतका स्थानमा सञ्चालित करिब २ सय पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आइसकेको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।

रसुवामा कोरोनाको खासै प्रभाव नपरेको र पर्यटकीय क्षेत्रको बढी हिस्सा ओगटेको गोसाइँकुण्ड गाउँपालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयले समेत बालबालिकाकोे नियमित पठनपाठन निर्वाध रूपमा पुनः सञ्चालन गराइसकेकाले रोगप्रति आशंका गर्ने ठाउँ नभएको होटल तथा पर्यटन व्यवसायी संघले स्पष्ट पारेको छ । पर्यटकका लागि सेवा दिन यहाँका व्यवसायीले कोरोनाको संक्रमण सुरु भएयता मासिक ६ करोड ७० लाख घाटा व्यहोर्दै जानु परेको अवस्थामा पाहुनाको आगमनले केही आशा पलाउँदै गएको होटल तथा लज सञ्चालकले बताए । कोरोनाको असरले यस भेकमा पर्यटनसँग जोडिएका ७० भन्दा बढी पथ प्रदर्शक एवं करिब ४ सय मजदुरसमेत बेरोजगार बन्न पुगेका संघको तथ्यांक छ ।
माओवादी द्वन्द्व र ०७२ को विनाशकारी भूकम्पभन्दा अहिलेको कोरोनाको असरले पर्यटन व्यवसायी जटिल रूपले धरासायी मोडमा पुगेको उनीहरूको गुनासो छ । एक सय हाराहारी रहेका ससाना साधारण होटल पनि कोरोनाको असरले ठूलो मर्कामा परेका छन् ।

व्यवसायमार्फत पर्यटकलाई प्रदान गरेको सेवाबाट प्राप्त आयले बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाई जीविकोपार्जनमा सरलता ल्याउने ठूलो अभिलाषाका साथ होटल तथा लज सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था र गाउँघरका साहूबाट लिइएका ऋणको साँवा तथा ब्याजका किस्तासमेत तिर्ने उपाय नभएको होटल तथा पर्यटन व्यवसायी संघले जनाएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्