काठमाडौं (अस) । पछिल्लो समय जाडो बढेसँगै बजारमा एसीको माग बढेको छ । हरेक मौसममा प्रयोग गर्न मिल्ने एलजीको एसीको माग बढेको नेपालको आधिकारिक बिक्रेता सीजी इम्पेक्स प्रालिले बताएको हो ।
एलजी ब्रान्डका एसीमा डुयल इन्भर्टर रहेको छ । यसमा थ्री एमप्रोटेक्सन फिल्टर पनि छ । यसले अनावश्यक प्रदूषण फिल्टर गरी हावामा रहेका धुलो हटाएर वातावरणलाई स्वच्छ बनाउने कम्पनीले जनाएको छ ।
एलजी एसीमा वातावरणमैत्री आर ३२ ग्यास रहेको छ । यसले गर्मी प्रदान गर्नुको साथै कम बिजुली खपत गर्छ । एलजीको एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्ने कम्पनीले बताएको छ ।
यसमा छिटो तातो र मौसमअनुसार चिसो पार्ने क्षमता पनि छ । यस एसीमा १० वर्षको वारेन्टी पनि रहेको छ । सीजी इम्पेक्स चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी हो ।