ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लमजुङमा मह उत्पादन बढ्यो

२०७७ पौष, २४  
वाग्मती प्रदेश
NA

लमजुङ । यस वर्ष लमजुङमा घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि भएको छ । जिल्लामा गतवर्षको तुलनामा यस वर्ष चार टनले मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले बताएको छ ।

जिल्लाका किसानको ११ हजार १०० मौरीका घारबाट ३८ टन मह उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । गतवर्ष ८ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो । यस्तै अघिल्लो आर्थिक वर्ष २०७५÷६६ पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयको तथ्यांक छ ।   
 
मह उत्पादन राम्रो भएपछि मौरीपालक किसान उत्साहित भएका छन् । यहाँका किसानले प्रतिकिलो साढे ८०० देखि ९०० रुपैयाँमा मह विक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित मह काठमाडौं, पोखरा, चितवन लगायतका साथै जिल्लाभित्रकै शहर बजारमा खपत हुँदै आएको छ ।     

गतवर्षको तुलनामा यस वर्ष मौसम राम्रो भएको, चरन क्षेत्र पर्याप्त भएको, आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन वृद्धि भएको बेँसीशहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले बताए । गतवर्ष उनले साढे आठ क्वीन्टल मह उत्पादन गरेका थिए  भने यस वर्ष ८९ क्वीन्टल उत्पादन भएको उनको भनाइ छ ।

यस्तै सुन्दरबजार नगरपालिका–५ तार्कुका मौरीपालक किसान विक्रम गुरुङले गत वर्ष करीब दुई क्वीन्टल मह उत्पादन गरेका थिए । यस वर्ष करीब पाँच क्वीन्टल मह उत्पादन भएको उनले बताए ।

नेपाल मौरीपालक महासंघ लमजुङ शाखाका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँसीशहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् । यस शाखामा जिल्लाका ३८२ जना मौरीपालक किसान दर्ता भएका छन् । मौरीपालनमा चासो र यो व्यवसाय गर्ने किसान बढ्न थालेकाले आगामी वर्ष उत्पादन थप बढ्ने अनुमान गरिएको शाखाका अध्यक्ष ललित गुरुङले बताए । यस वर्ष कृषि ज्ञान केन्द्रले बेँसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहला किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहित मौरी घारलगायत विभिन्न उपकरण वितरण गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्