ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरती स्ट्रिप्स–मजदूर विवाद समाधानका लागि वार्ता शुरू

२०७७ पौष, २४  
प्रदेश ०१
NA

विराटनगर (अस) । रंगीन कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीप्स र मजदूरबीचको विवाद समाधान गर्न बिहीवारदेखि दुईपक्षीय वार्ता शुरू भएको छ । वार्ता उद्योग प्रशासनले निष्कासन गरेका मजदूरलाई कसरी काममा निरन्तरता दिने भन्ने विषयमा केन्द्रित भए पनि सहमतिमा भने पुगिनसकेको नेपाल कारखाना श्रमिक संघको इकाइ अध्यक्ष सुरेशकुमार साहले बताए ।

मजदूरका तर्फबाट इकाइ कमिटी र जिल्ला कमिटीका गरी पाँचजना वार्तामा सहभागी छन् । वार्ताबाट समाधान खोज्ने प्रयास जारी रहेकाले उद्योगको गेटमा कुनै पनि किसिमको आन्दोलन, धर्ना र हुलहुज्जत नगर्न मजदूर संघले आग्रह गरेको छ । उद्योगमा भयरहित वातावरणमा काम गर्न सक्ने अवस्था सृजना गर्न समेत भनिएको छ । उद्योगले विनाकारण १८४ जना मजदूर निष्कासन गरेको भन्दै श्रम कार्यालयमा नेपाल कारखाना श्रमिक संघले उजुरी दिएपछि उद्योगलाई श्रम कार्यालयले मजदूरलाई तत्काल काममा फर्काउन आदेश दिएको थियो । तर कार्यालयले आवश्यक अध्ययन नै नगरी तत्कालै मजदूरलाई बहाल गर्न आदेश दिएको भन्दै उद्योग प्रशासनले त्यसको खारेजीका लागि उच्च अदालतमा उजुरी दिएको थियो । त्यसउपर फैसला गर्दै अदालतले आदेश कार्यान्वयन नगर्न श्रम कार्यालय आदेश दिएको छ । अदालतको आदेशपछि उद्योग र मजदूरबीच वार्ता भइरहेको छ । श्रम कार्यालय विराटनगरले मजदूरलाई तत्काल पुनर्बहाली गर्न निर्देशन दिँदा पनि उद्योग प्रशासनले निर्देशन उल्लंघन गरेपछि श्रम कार्यालयले आरती स्ट्रीप्सका नेपालभरका सबै बैंकका खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयलाई पत्रचार गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्