ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा बर्डफ्लुको प्रभाव : कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक

२०७७ पौष, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल सरकारले बर्ड फ्लू भित्रिन नदिन तत्कालका लागि कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक लगाएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले देशभरका आठओटा क्वारेन्टाइन कार्यालयअन्तर्गत २४ ओटा क्वारेन्टाइन चेक पोस्टलाई निर्देशन दिइसकेको छ ।

विगत १ सातादेखि भारतका हिमाचल प्रदेश, केरलालगायत विभिन्न राज्यमा हजारौं संख्यामा चरा तथा हाँसहरू मर्न थालेपछि नेपालमा पनि सर्तकता स्वरूप यस्तो कदम चालिएको हो । बर्ड फ्लू भित्रिन नदिन पशुसेवा विभागले बिहीवार देशभरका २४ ओटा क्वारेन्टाइन चेक पोस्टलाई उच्च सर्तकता साथ रहनसमेत निर्देशन दिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि सूचना जारी गर्दै कुनै पनि पक्षी तथा मासुजन्य वस्तुहरू देशबाहिर निर्यात तथा आयात गर्न बन्द गरिएको बताएको छ । त्यसका लागि काँकडभिट्टादेखि गड्डाचौकीसम्मका क्वारेन्टाइन स्थलहरूलाई निर्देशन दिइएको छ । मन्त्रालयले पशु सवास्थ्य तथा पशु सेवा ऐन २०५५ बमोजिम हालका लागि आयात निर्यात बन्द गरेको मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले बताए । यदि कसैले अवैध रूपमा मासुजन्य वस्तु भिœयाएको पाइएमा बर्ड प्mलूरोग निर्देशिका आदेश २०६४ बमोजिम कारबाही हुने उनले जानकारी दिए ।

पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले पशुपक्षीमा लाग्ने सरुवा रोग नियन्त्रण तथा रोकथामसम्बन्धी तालीम लिएका तत्काल प्रतिकार्य समूहका पशु चिकित्सकहरूको टोलीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । खुला सिमानका कारण नेपालमा पनि रोग भित्रिन सक्ने सम्भावना प्रबल भएका कारण चिकित्सकहरूको टोली र त्यसका लागि आवश्यक पर्ने उपकरणहरू समेतलाई पूर्व तयारी अवस्थामा राखिएको उनले बताए ।

प्रायःजसो हरेक हिउँदमा नेपालमा बर्ड फ्लू रोगको प्रकोप देखिँदै आएको छ । विगत १० वर्षदेखि नेपाली किसानहरूले पनि यस रोगबाट सास्ती पाइरहेका छन् । त्यसैले यस्तो अवस्थामा कुखुरापालक किसान तथा मासु व्यवसायीहरूले पशुपक्षीहरू ओसारपसार गर्दा अनिवार्य रूपमा क्वारेन्टाइन प्रयोग गर्न तथा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र कारोबार गर्न समेत उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्