ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमई बैंक–हेफर इन्टरनेसनल कृषि कर्जा सम्झौता

२०७७ पौष, २४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेसनल नेपालबीच सहुलियत पूर्ण कृषि कर्जा दिनेबारे सम्झौता भएको छ । अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्यले दुई पक्षबीच  समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे । समझदारीअनुसार ग्लोबल आइएमई बैंकले गुल्मीका विभिन्न स्थानमा डेरी, तरकारी खेती, कुखुरा, बाख्रा, बंगुर, माछापालन तथा फलफूल उत्पादन गर्ने कृषकलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

हेफर इन्टरनेसनलले सहकारीको सिफारिसमा साना किसानलाई आवश्यक तालिम व्यवस्था गर्नेछ । समझदारीले गुल्मीका महिला, सीमान्तकृत तथा पुँजी अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरूको जीवनस्तर उकास्न योगदान पु¥याउने अपेक्षा गरिएको छ । बैंकले बैंकिङ साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न स्थानीय कृषकलाई
प्रोत्साहन गर्नेछ ।

बैंकले हाल २ सय ६४ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ । हेफर इन्टरनेसनलले हालसम्म ४१ जिल्लामा २ लाख ५४ हजारभन्दा बढी गरिब, पिछडिएका परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो पहुँच तथा सेवा केन्द्रको उपभोग गर्दै हेफर नेपालले पहिचान गरेका सामाजिक महिला उद्यमी सहकारी तथा सोसँग सम्बद्ध महिला उद्यमीलाई बैंकसँग जोड्दै सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्