काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने हाइड्रोजनका अक्साइडहरूकोे आयात विगतमा वर्षहरूमा राम्रो वृद्धि देखिएको छ । विगत १२ वर्षमा सो आयातको औसत वार्षिक वृद्धिदर २२ प्रतिशत रहेको छ । तर गत आर्थिक वर्षमा हाइड्रोजनका अक्साइडहरूको आयात ५४ लाख ४७ हजार पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करीव ५ प्रतिशत कम भएको देखिन्छ ।