ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि विक्रीमा

२०७७ पौष, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ आज (शुक्रवार) देखि सर्वसाधारणको लागि विक्रीे खुला भएको छ । 

कम्पनीले  १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्याइएको छ । 

यस आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ताको लागि आवेदन गर्न सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म रहेको छ । 

कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले मध्यम स्तरको क्रेटिड जोखिम भन्ने बुझाउँछ । 

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन गर्न सक्नेछन् । 

आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९०१ हजार पुग्नेछ । कम्पनीले यसअघि स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्