पुस २४, काठमाडौं । पिपुल्स पावर लिमिटेडले माघ १८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले आफ्नै कार्यालयमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने तथा सो निष्कासनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको लागि थप पूँजी वृद्धि गर्ने प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनका लागि माघ ३ गतेदेखि माघ १८ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।