पुस २४, काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा शुक्रवार पहेँलो धातु सुनको भाउ रू. १०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९५ हजार ३०० कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार ४०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९४ हजार ८०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९४ हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार प्रतितोला रू. एक हजार ३३० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।