ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुक्तिनाथ विकास बैंक र आशा लघुवित्तको साधारण सभा शनिवार हुँदै

२०७७ पौष, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, काठमाडौं। दुई ओटा कम्पनीको साधारण सभा शनिवार हुने भएको छ।
 

मुक्तिनाथ विकास बैंक र आशा लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । आशा लघुवित्त वित्तीय संस्थाले फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी नुवाकोटमा  बिहान ११ बजे साधारण सभा बोलाएको छ । 

सभाले १५ प्रतिशत बोनस शेयर शून्य दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । त्यसैगरी मुक्तिनाथ विकास बैंकले होटल पोखरा पार्दीमा  साधारण सभा बोलाएको छ । 

सभाले ११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्