ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु बैंकसहित चार ओटा कम्पनीको साधारण सभा आइतवार हुँदै

२०७७ पौष, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, काठमाडौं । चार  ओटा कम्पनीको साधारण सभा आइतवार हुने भएको छ ।

प्रभु बैंक, लुम्बिनी विकास बैंक, बरुण हाइड्रोपावर र नेपाल बङ्गलादेश बैंकले साधारण सभा गर्न लागेका हुन् । नेपाल बङ्गलादेश बैंकले रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ९ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।

त्यसैगरी प्रभु बैंकले केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस ९ गतेसम्म कायम शेयरधनीेले लाभांश पाउनेछन् । 

लुम्बिनी विकास बैंकले पनि केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभाले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।पुस १३ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

बरुण हाइड्रोपावर कम्पनीले बिहान १० बजे युनियन हाउस अनामनगरमा साधारण सभा बोलाएको हो  । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्