ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ नियुक्त

२०७७ पौष, २४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्त गरेका छ । यसका लागि शुक्रवार एकसमारोहका बीच बैंक र दी हिडन ट्रेजर प्रालिबीच सम्झौतासमेत भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैंकले ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरेको बताए ।

कार्यक्रममा दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुबै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । सो कार्यक्रममा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बेसडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्