ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्न धितोपत्र बोर्डले दियो स्वीकृति

२०७७ पौष, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो खोलिदिएको छ । 

बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दुई दिनको राफसाफ चक्र कायम हुने गरी संसोधनका लागि पेश गरेको विनियमावलीलाई बोर्डले स्वीकृति दिएको हो । बोर्डले उक्त संशोधित विनियमावलीलाई स्वीकृति प्रदान गर्दै बोर्डले कार्यान्वयनको जिम्मेवारी सिडिएससीलाई सुम्पेको छ । 

टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनसँगै धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको विश्वास छ । बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणालीलाई २ दिनमा झार्ने योजना बनाएको थियो ।

 हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नु पर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम शेयर विक्रीकर्ताले आफूले विक्री गरेको शेयर बराबरको रकम तीनदिन भित्र पाइसक्नु पर्नेछ भने खरीद कर्ताको शेयर खातामा पनि तीन दिनभित्रै शेयर जम्मा भइसक्नु पर्नेछ । अबको व्यवस्थामा यी कार्य दुई दिनभित्र भइसक्नु पर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्