ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एलन मस्क बने संसारकै धनी व्यक्ति

२०७७ पौष, २४  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २४, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसारका अनुसार गत बिहीवार ६ प्रतिशतले टेस्लाको शेयर बढेपछि उनको सम्पत्ति १९१ अर्ब अमेरिकी डलर पुगेको हो । योपछि अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम अर्थात् १८७  भएको छ। 

कुनै बेला धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन्। १३२ अर्ब डलर सम्पत्ति भएका उनी ब्लुमबर्गको धनाढ्य सूचीमा तेस्रो नम्बरमा  छन्। 

मस्कले सन् २०२० मा १४० अर्ब सम्पत्ति जोडेका थिए। त्यसपछि उनी बिल गेट्सलाई पछि पार्दै संसारका अर्बपतिमा दोस्रो नम्बरमा परेका थिए।

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् ।

उनको समग्र सम्पत्ति १ खर्ब २७ अर्ब ७० करोड डलर छ । यद्यपि उनले अहिलेसम्म ५० अर्ब डलर दान गरिसकेका छन् । उनले अधिकांश रकम आफ्नो बिल एण्ड मेलिण्ड गेट्स फाउण्डेसनबाट दान गरेका छन् ।

फोर्ब्स पत्रिकाका अनुसार उसले अर्बपतिको सूची बनाउन शुरु गरेयता कुनै व्यक्तिको सम्पत्ति एक वर्षमै यति धेरै बढेको यो पहिलो पटक हो।एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्