ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गौरी शंकर लाल दासलाई ‘हेमबहादुर मल्ल’ सम्मान

२०७७ पौष, २४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, काठमाडौं । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ‘हेम बहादुर मल्ल’ पुरस्कार डा. गौरी शंकर लाल दासलाई प्रदान गर्ने घोषणा गरेको छ ।

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले शुक्रवार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै दासलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

राज्यको उच्च ओहदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तरराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेका दासलाई निकट भविष्यमा सार्वजनिक समारोहको आयोजना गरी सम्मान प्रदान गर्ने संघले जानकारी दिएको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पूर्व महाप्रबन्धक हेम बहादुर मल्लको कदर स्वरुप स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद रू. दुई लाख रहेको छ । 

दासले ज्येष्ठ नागरिकहरूको हक–अधिकारको लागि परिवारका सदस्य तथा नागरिकहरू स्वयं सेवामा जुट्नु पर्ने मूल उद्देश्य सहित ज्येष्ठ नागरिकहरूको संरक्षण, सम्बर्द्धन र सशक्तीकरणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा वौद्धिक तथा कार्यगत चिन्तन प्रस्तुत गर्दै आएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्