ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ट्वीटरले सधैंका लागि बन्द गरिदियो राष्ट्रपति ट्रम्पको अकाउन्ट 

२०७७ पौष, २५  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २५, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैका लागि बन्द भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरले राष्ट्रपति ट्रम्पको अकाउन्ट @realDonaldTrump स्थायी रुपमा बन्द गरिएको जानकारी दिएको हो ।

थप हिंसाका भड्काउन सक्ने खालका सामग्री पोस्ट हुन सक्ने जोखिमका कारण ट्रम्पको अकाउन्ट स्थायी रुपमा बन्द गरिएको ट्वीटरले जानकारी दिएको छ ।

यसअघि गएको बुधवार संसद भवनमा ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि १२ घण्टाका लागि ट्वीटरले राष्ट्रपति ट्रम्पको अकाउन्ट बन्द गरेको थियो 

यसअघि १२ घण्टा एकाउन्ट लक गर्दा नै आफ्नो नियम उल्लंघन गरेमा ट्रम्पलाई सधैका लागि प्रतिबन्ध लगाउने ट्वीटरले बताएको थियो ।ट्रम्पले बुधवार संसद भवनमा आक्रमण गर्नेहरुलाई देशभक्त भनेर ट्वीट गरेका थिए ।एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्