ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नयाँ राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहमा ट्रम्प सहभागी नहुने

२०७७ पौष, २५  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २५, संयुक्तराज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा हुने नयाँ राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहमा आफू सहभागी नहुने  बताएका छन्  ।

नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाइ दिने लोकतान्त्रिक परम्परा रहेको छ । तर यो परम्परा विपरीत उनले यस्तो बताएका हुन् । उनले शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त कार्यक्रममा नजाने बताएका हुन् ।

उनले शपथग्रहण समारोहमा नजाने बताएसँगै चर्को आलोचना भइरहेको छ । उनलाई कतिपयले अर्को अलोकतान्त्रिक आचरण भएको पनि बताएका छन् । 

उपराष्ट्रपति माइक पेन्स भने शपथग्रहण समारोहमा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने बारेमा यकिन नभएपनि उनले समारोहमा जान इच्छुक रहेको बताएका छन्।

ट्रम्पका समर्थकहरुले गत बुधवार संसद भवनमा हमला गरेपछि नयाँ राष्ट्रपति बाइडनको शपथग्रहण कडा सुरक्षा बीच हुने अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त घटनाका कारण ट्वीटर,फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालले ट्रम्पमाथि स्थायी तथा अस्थाइ रुपमा प्रतिवन्धसमेत लगाएका छन् । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्