ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डब्लूएचओका अनुसन्धानकर्ताहरुलाई चीन आउन अनुमति  

२०७७ पौष, २५  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २५, पेचिङ  । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको छ ।

डब्लूएचओले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । तर विगतमा भने चीनले डब्लूएचओका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो । तर शनिवार चीनले ती अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको लागि अनुमति दिइएको बताएको छ ।     
     
चीनको वुहान शहरमा कोभिडको भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा डब्लूएचआले अनुसन्धान गर्न चाहेको थियो । तर चीन सरकारले दिएको थिएन । शनिवार चीनको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले यो जानकारी दिएका हुन् ।

उनले भनेका छन् कि चीनले डब्लूएचओका अनुसन्धान अधिकारीहरुलाई यस विषयमा अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरुको आगमन हुने बताइएकोले चीनले उनीहरुको स्वागत गर्नेछ ।     
 

उनले ती अधिकारीहरुले चीनमा कोभिड १९ को उत्पत्तिको बारेमा गर्ने अनुसन्धानमा पूर्ण रुपमा सघाउन चीन तयार रहेको बताए । चेनले भनेका छन्, स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानका विषउयमा उनीहरुको कार्यक्रम र कार्य सूची के कस्तो छ भन्ने बारेमा हामीलाई थाहा दिएपछि उनीहरुसँगै हाम्रा अनुसन्धान अधिकारीहरु पनि वुहान जान तयार छन् ।     

यस अनुसन्धानमा आफूहरुले आवश्यक सहयोग गर्ने र उनीहरुको कार्यक्रमअनुसार नै आफ्ना अनुसन्धान अधिकारीहरु वुहान जाने पनि चीनका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् । रासस/ सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्