ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आन्तरिक वा बाह्यि लगानी जुटाएरै भएपनि अव पश्चिम सेती बन्छ : प्रम ओली

२०७७ पौष, २५  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, धनगढी । आन्तरिक वा बाह्यि जतासुकैबाट भएपनि लगानी जुटाएर अव पश्चिम सेती निर्माणको काम अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

शुक्रवार धनगढीमा आयोजित नेकपाले ओली पक्षले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महाकाली पारिका दोधारा–चादनी सिँचाई सुविधा पुर्‍याउन १० क्युसेक पानीका लागि डीपीआर निर्माण भइरहेको समेत बताउनुभयो ।

सभालाई सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले अव सुदूरपश्चिम प्रदेश विकासका पछाडी नपर्ने भन्दै इतिहासमै पहिलो पटक यो प्रदेशले संघीय सरकारका चार जना मन्त्री प्राप्त गरेको बताउँदै अव कैलालीको गेटामा निर्माणाधिन मेडिकल कलेजलाई मेडिकल विश्व विद्यालयको रुपमा स्थापित गर्ने पहल भइरहेको उल्लेख गर्नुभयो ।

संघीय सरकारको लगानीमा निर्माणाधिन सेती लोक मार्ग, महाकाली करिडोर, हुलाकी राजमार्ग र खुटिया–दिपायल फास्टट्याक निर्माणका लागि बजेटको अभाव नहुनेमा उहाँले जोड दिनुभयो ।

बैतडीमा फस्फोरस खानी पत्ता लागेको बताउँदै छिट्टै उत्पादनको तयारीमा जुट्नेछौं, प्रधानमन्त्रीले भन्नुभयो । साथै कैलालीको डुडेझाडी, लालपुर–हरैयाँमा औद्योगिक क्षेत्र स्थापनाका लागि डीपीआर बन्दैछ भने कञ्चनपुरको दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढेको उहाँले बताउँनुभयो ।

त्यस्तै धनगढी–अत्तरिया औद्योगिक करिडोरका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदैछ भने दार्चुलाको मार्मामा तामा खानीको अध्ययन भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा ९८९ किलोमिटर सडक कालोपत्र र चार हजार पाँचसय किलोमिटर कच्ची, पक्की, धुले गरी निर्माण भएको आम सभालाई सम्वोधनका क्रममा प्रम ओलीले बताउनुभयो । 

साढे ६ हजार मेगावाट विद्युत् उत्पादन क्षमताको पञ्चेश्वर परियोजनाको काम अघि बढ्ने तयारी भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले ७५० मेगावाट विद्युत् उत्पादन क्षमताको पश्चिम सेतीको निर्माण अव कुनैपनि बहानामा रोकिने छैन । स्वदेशी वा विदेशी जहाँ जतासुकैबाट भएपनि लगानी जुटाएर यो आयोजना अघि बढ्छ, प्रम ओलीले भन्नुभयो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्