पुस २५, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले बजार पूँजीकरणको आधारमा फेसबुकलाई उछिनेको हो ।
शुक्रवारको कारोबारमा कम्पनीको प्रतिकित्ता शेयर ७ प्रतिशत भन्दा धेरैले बढेको थियो । यो वृद्धिसँगै बजार पूँजीकरण ८ खर्ब २० अर्ब डलरमा पुग्यो ।
पछिल्लो वृद्धिसँगै टेस्ला एप्पल, माइक्रोसफ्ट एमाजन र अल्फाबेट पछि बजार पूँजीकरणको आधारमा अमेरिकाको पाँचौं मूल्यवान कम्पनी बनेको छ । शुक्रवार बजार बन्द हुँदा फेसबुकको बजार पूँजीकरण ७ खर्ब ६३ अर्ब डलर थियो ।
टेस्लाको बजार पूँजीकरण पहिलो पटक सन् २०१९ को जनवरीमा १ खर्ब डलर नाघेको थियो । त्यसपछिको १० महीनामै बजार पूँजीकरण ५ खर्ब डलर माथि उक्लियो । सन् २०२० मा कम्पनीको शेयर मूल्य ७०० गुणा भन्दा धेरैले बढ्यो ।
हालैका दिनमा शेयरमा भएको वृद्धिसँगै टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । बिहीवार पहिलो पटक मस्कले नेटवर्थमा एमाजनका हाकिम जेफ बेजोसलाई उछिनेका थिए ।
ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्स अनुसार शनिवार मस्कको नेटवर्थ २ खर्ब ९० अर्ब डलर छ । यो अघिल्लो दिनको तुलनामा १४ अर्ब ५० करोड डलर धेरै हो । एजेन्सी