ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एयरपोर्ट सीसीटीटी जडान विवादमा

२०७७ पौष, २६  
१० वर्ष अघि
NA

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीसीटीभी जडान प्रक्रिया विवादमा परेको छ । विमान स्थलले सीसीटीभी जडान गर्न सुविसु केवल नेटवर्कलाई दिएको स्वीकृतिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो प्रक्रिया विवादमा परेको हो । अख्तियारले यसबारेमा अध्ययन गर्न फाइल मगाइसकेको छ । रू. ५ करोडको बजेटमा सीसीटीभी जडानका लागि २०६६ मंसिर १ गते पहिलोपल्ट बोलपत्र आह्वान गरेको थियो जसमा पाँचवटा कम्पनीले बोलपत्र गरेको थिए । तिनमा ३ वटा कम्पनी सुविसु, बेल्ट्रोनिक्स, र महावीर श्रीइन्टरनेसनल प्राविधिक समितिको छनोटमा परेका थिए । विमानस्थलले सुविसुलाई सीसीटीभी जडान गर्न दिने निर्णय २०६७ वैशाख ६ गते गरेका थियो । सुरक्षाका दृष्टिकोणले विमानस्थलमा गर्न लागिएको सीसीटीभी जडान प्रक्रिया यससँगै अन्योलमा परेको छ ।

ओम फाइनान्सले महिला शाखा खोल्ने
ओम फाइनान्स लिमिटेडले पोखराको भैरवटोलस्थित कार्यालयमा सम्पूर्ण महिना कर्मचारी राख्ने गरी खोल्ने भएको छ । उक्त शाखा जेठको दोस्रो साताबाट सञ्चालनमा ल्याउने तयारी भइराखेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । गत चैत मसान्तसम्म रू. १ अर्ब ४० करोड निक्षेप संकलन तथा रू. १ अर्ब ५० करोड कर्जा लगानी गरी रू. ३ करोड सञ्चालन मुनाफा आर्जन गरेको कम्पनीले बताएको छ ।

अंक  ३७, २०६७, जेठ ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्