काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटलबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटलमा आबद्ध चिकित्सक, तथा स्थायी कर्मचारीलाई बैंकबाट १५ लाख रुपैयाँसम्मको व्यावसायिक कर्जा प्रदान गरिनेछ ।
सांग्रिला बैंकका सेवाग्राही, खातावाला, संस्थापक शेयरधनी, कर्मचारी तथा तिनका परिवारजनले हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । सम्झौतामा बैंकका प्रमुुख जोखिम अधिकृत निर्मलकुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका मेडिकल डाइरेक्टर डा. युवराज खरेलले हस्ताक्षर गरे । बैंकले हाल विभिन्न स्थानमा ९२ शाखा र ३१ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।