ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

२०७७ पौष, २६  
बजार
Image Not Found

रोल्पा (अस) । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पाको थबाङ गाउँपालिका–३ मिरुलका पुनबहादुर रोकाको मृत्यु दाबी रकम शनिबार हस्तान्तरण गरेको छ ।

वैदेशिक रोजगारीका क्रममा गत फागुन २४ गते कतारमा ज्यान गुमाएका रोकाको बिमा रकम १० लाख, किरिया खर्चबापत १ लाख र आय नोक्सानीबापत २ लाख गरी १३ लाख रुपैयाँको चेक मृतकका भाइ श्यामप्रसाद रोकालाई हस्तान्तरण गरिएको हो ।

युनियन लाइफ रोल्पा शाखाद्धारा लिबाङमा आयोजित मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रदेश उप–प्रमुख गोविन्द रेग्मीले मृतकका भाइ श्यामप्रसाद रोकालाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

उक्त बिमाको दाबी भुक्तानी यसअघि नै हुनुपर्ने भए पनि कोरोना महामारीका कारण केही ढिलाइ कम्पनीका रोल्पा शाखा प्रबन्धक सुनील ओलीले जानकारी दिए ।

यसैबीच युनियन लाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाले शनिबार लिबाङमा दुई दिने अभिकर्ता तालिम सम्पन्न गरेको छ । नेपालमा जीवन विमाको अवस्था, यसको महत्वसम्बन्धी अभिकर्ता तालिम सम्पन्न गरिएको शाखा प्रबन्धक ओलीले बताए । तालिममा रोल्पाका १० वटै स्थानीय तहबाट २२ जना अभिकर्ताको सहभागिता रहेको थियो भने अभिकर्तालाई कम्पनीका प्रदेश उप–प्रमुख गोविन्द रेग्मीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्