ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जीवन लिम्बूले जिते वार्सटाइनर गल्फ प्रतियोगिताको उपाधि

२०७७ पौष, २६  
बजार
Image Not Found

काठमाडौं (अस) । तेस्रो वार्सटाइनर गल्फ प्रतियोगिता–२०२१ को उपाधि जीवन लिम्बूले जितेका छन् । नेपाल रोयल गल्फ क्लबमा सम्पन्न भएको प्रतियोगितामा लिम्बूले ४२ अंक हासिल गर्दै उपाधि जितेका हुन् ।

३ र ४ स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा एसएसपी अशोक सिंह पुरुषतर्फ ४० अंकसहित उपविजेता बनेका छन् । त्यस्तै, दिेशकुमार सिंह ३२ अंक हासिल गर्दै ग्रस विजेता बनेका छन् ।

अर्शीया बानुले ३५ अंकसहित महिलातर्फको उपाधि जितेकी छन् । त्यस्तै, महिलातर्फको उपविजेता कल्याणी मोक्तान बनेकी छन् । ब्रिगेडियर जनरल दिलीपजंग रायमाझीले सिनियर सेक्सनको उपाधि जितेका छन् भने जनरल प्रज्ज्वल एसजेबी राणा सिनियरतर्फको उपविजेता बनेका छन् । सोनाम लामाले मोस्ट बर्डिज अवार्ड जिते भने मिथुन राईले लन्गेस्ट ड्राइभ अवार्ड जिते ।

रोयल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले क्लोजेस्ट टु द पोइन्ट अवार्ड जितेका छन् भने बेस्ट स्पोर्ट्सम्यान्सिपको अवार्ड कृष्णचन्द्र कायस्थले हात पारे ।

खेलका विजेतालाई जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह, कार्यकारी निर्देशक सचिन जोशी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष श्रेष्ठले अवार्ड प्रदान गरे । विभिन्न कयाटोगरीका ११ विजेतालाई वार्सटाइनर ट्रफी, टुर प्याकेज प्रदान गरिएको छ ।  
 
नेपालमा वार्सटाईनर प्रिमियम जर्मन बियरको सुरुआत भएको वर्ष २०१६ देखि रोयल नेपाल गल्फ क्लबसँग नेपालमा गल्फ खेलको विकासका लागि बियरको सहकार्य रहँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्