ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल–भारत सोसियो इकोनोमिक फोरम गठन

२०७७ पौष, २६  
प्रदेश ०२
NA

वीरगञ्ज (अस) । उद्योगी अशोककुमार टेमानीको अध्यक्षतामा नेपाल–भारत सोसियो इकोनोमिक फोरम गठन भएको छ । नेपाल–भारत आर्थिक एवं सामाजिक सरोकारहरूमा सहकार्यका लागि यस्तो पहल भएको हो । वीरगञ्जका उद्यमी, व्यवसायी र पेशाकर्मीहरूको सहभागितामा शनिवार सम्पन्न भेलाले फोरम गठन गरेको हो । भेलामा नेपाल–भारत आर्थिक र सामाजिक सहकार्यका विषयमा निरन्तर संवाद र सहकार्य गर्ने निर्णय पनि भएको छ ।

संस्थाको उपाध्यक्षमा प्रकाश खण्डेलवाल र कोषाध्यक्ष माधव राजपाल छन् । सञ्चारकर्मी ओमप्रकाश खनाल सचिव रहेको फोरमको सदस्यहरूमा गणेशप्रसाद लाठ, प्रदीपकुमार केडिया, ओमप्रकाश शर्मा, इन्दुशेखर मिश्र, सञ्जय खेतान, हरि गौतम, रितेश त्रिपाठी, महेशचन्द्र गौतम र जगदीश रुङ्गटा छन् ।

नेपाल र भारतबीचको अर्थसामाजिक सम्बन्धलाई अझ बलियो र फलदायी बनाउने उद्देश्यले फोरम गठन भएको अध्यक्ष टेमानीले बताए । ‘दुई–तिहाई वैदेशिक व्यापार र ९० प्रतिशत पारवहन भारतसँग जोडिएको छ । यसैले सम्भाव्यताको खोजी र समस्याको समाधानमा सहकार्य यो संस्थाको मुख्य अभिप्राय हो,’ उनले भने । नेपाल–भारत आर्थिक र सामाजिक आयामहरूलाई आपसी हित प्रवद्र्धनमा केन्द्रित गर्न सरोकारका निकायहरूसँग संवाद र साझेदारी गरिने फोरमले बताएको छ । देशको मुख्य नाका र उत्पादनको केन्द्र मानिएको वीरगञ्ज र सीमाञ्चलका आर्थिक सामाजिक महŒवलाई विकासका सरोकारहरूमा स्थापित गर्नु पनि संस्थाको प्रमुख उद्देश्य रहेको टेमानीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्