काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने जिंकका अक्साइडकोे आयात विगतमा वर्षहरूमा झिनो वृद्धि मात्रामा देखिएको छ । विगत १२ वर्षमा सो आयातको औसत वार्षिक वृद्धिदर ९ प्रतिशत रहेको छ । तर गत आर्थिक वर्षमा जिंकका अक्साइडको आयात ३ करोड ९९ लाख ४१ हजार पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करीब १३ प्रतिशतले कम भएको देखिन्छ ।