२६ पुस, काठमाडौं । पुस २६ गते आइतवार (आज) ३ बैंकसहित ४ कम्पनीको साधारणसभा हुँदैछ । आज प्रभु बैंक लिमिटेड, नेपाल बंगलबादेश बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड र बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा विभिन्न स्थान र समयमा हुँदैछ ।
नेपाल बंगलादेश बैंकको २६औं वार्षिक साधारणसभा रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे गर्ने तयारी गरिएको छ । बैंकको उक्त सभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
प्रभु बैंकले पनि आज १९औं वार्षिक साधारणसभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बिहान ११ बजे सभा आयोजना गर्दैछ । योे सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
लुम्बिनी विकास बैंक लिमिटेडले पनि केन्द्रीय कार्यालय काठमाडौंमा आफ्नो १३ औं वार्षिक साधारणसभा बिहान ११ बजे आयोजना गर्दैछ । यो सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
त्यसैगरी आज बरुण हाईड्रोपावर कम्पनीले पनि युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजे नै आफ्नो १७औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश, १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।