ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेरुडे लघुवित्तले ८.४२ % लाभांश दिने 

२०७७ पौष, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको छ । 

कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
 हाल कम्पनीको चुक्तापूँजी रू. ४५ करोड ७२ लाख ९४ हजार रहेको छ ।

सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्