ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनको मूल्य एकैदिन २३०० ले ओरालो लाग्यो    

२०७७ पौष, २६  
बजार
Image Not Found

पुस २६, काठमाडौं । स्थानीय बजारमा आइतवार सुनको मूल्यमा ठूलो अंकले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला २ हजार ३०० रुपियाँले ओरालो लागेको छ ।     
 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतवारका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रुपियाँ रहेको छ । प्रतितोला ९५ हजार ३०० रुपियाँमा शुक्रवार कारोबार भएको छापावाला सुन आइतवार प्रतितोला २हजार ३०० रुपियाँले ओरालो लागेर ९३ हजार रुपियाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन आइतवारका लागि प्रतितोला ९२ हजार ५०० रुपियाँ तोकिएको छ । प्रतितोला ९४ हजार ८०० रुपियाँमा शुक्रवार कारोबार भएको थियो । तेजाबी सुन शुक्रवारको तुलनामा आइतवार २ हजार ३०० रुपियाँले नै ओरालो लागेको हो ।     
     
 यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपियाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रवार १ हजार ३३० रुपियाँमा कारोबार भएको थियो । चाँदी तोलामा ६०रुपियाँले घटेको हो । रासस 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्