ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२२२८.१६ विन्दुमा नेप्से, २ अर्बभन्दा बढीको शेयर खरीदविक्री   

प्रभु बैंकको सर्वाधिक कारोबार

२०७७ पौष, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । आइतवार नेप्से परिसूचक कारोबार भएको १ घण्टा १७ मिनेटसम्ममा ३३ दशमलव ६८ अंक बढेर २ हजार २२८ दशमलव १६ विन्दुमा पुगेको छ ।

उक्त अवधिसम्ममा १९८ ओटा कम्पनीको रू. २ अर्ब ५७ लाख ८५ हजार बरावरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये म्युचुअल फण्ड समूहको बाहेक सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी ब्यापार समूहको परिसूचक ३ दशमलव ७४ प्रतिशत वृद्धि भएको हो । 

त्यसैगरी शेयर मूल्यको आधारमा सबैभन्दा बढी नरायणी डेभलपमेण्ट बैंकको शेयर ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । सर्वाधिक कारोबार प्रभु बैंकको भएको हो । उक्त कम्पनीको रू. १६ करोड ७४ लाख ८० हजार बराबरको शेयर खरीदविक्री भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्