पुस २६, काठमाडौं । हिमालयन बैंकसहित ९ ओटा कम्पनीको साधारण सभा सोमवार हुने भएको छ ।
हिमालयन बैंक, छ्याङ्दी हाइड्रोपावर,एभरेष्ट बैंक ,मितेरी डेभलपमेण्ट बैंक,माउन्टेन इनर्जी नेपाल, माउन्टेन हाइड्रो नेपाल, समृद्धि फाइनान्स, एनएमबि लघुवित्त र प्राइम लाइफ इन्स्योरेन्सले साधारण सभा गर्न लागेका हुन् । हिमालयन बैंकले कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।
सभाले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस १३ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।त्यसैगरी एभरेष्ट बैंकले बैकको केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
मितेरी डेभलपमेण्ट बैंकले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्नका लागि सुनसरी उद्योग बाणिज्य संघ धरानमा भोलि बिहान १०ः३० बजे साधारण सभा बोलाएको हो । यस कम्पनीको लाभांश पुस १३ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।
छ्याङदी हाइड्रोपावर कम्पनीले कम्पनीको केन्द्रिय कार्यालय मा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले ५ प्रतिशत बोनस शेयर शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
त्यसैगरी एनएमबि लघुवित्त वित्तीय संस्थाले होटल सामना हेटौंडा, मकवानपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस १३ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।
त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७५÷७६ को लाभांश प्रस्ताव पारित गर्नसाधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा बिहान ११ः३० बजे गर्दैछ ।
सभाले ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस १६ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
माउन्टेन इनर्जी नेपाल, माउन्टेन हाइड्रो नेपाल र समृद्धि फाइनान्सले गत आवको वार्षिक प्रतिवेदन पारित लगायत लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निधार्रण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका हुन् ।
माउन्टेन इनर्जी नेपालले अम्रपाली ब्याक्वेटमा, माउन्टेन हाइड्रो नेपालले कालीमाटी ब्याक्वेंट र समृद्धि फाइनान्सले होटल सामना हेटौंडा, मकवानपुरमा बिहान ११ बजे साधारण सभा गर्दैछन् ।