पुस २६, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार नेप्से कारोबार भएको दोस्रो घण्टामा परिसूचक ४३ दशमलव २७ अंकले बढेर २ हजार २३७ दशमलव ७५ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ९७ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २०२ ओटा कम्पनीको रू. ३ अर्ब १४ करोड १७ लाख ५० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको दोस्रो घण्टामा नारायणी विकास बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४५ प्रतिशतले बढेको छ ।
यस अवधिसम्म प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २४ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४११ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २८८ मा रू. १६ करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।