पुस २६, काठमाडौं । मुक्तिनाथ विकास बैंकले साधारण सभा सम्पन्न गरेको छ ।
सभा पुस २६ गते होटल पार्दी पोखरामा सम्पन्न भएको हो । सभाले कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले ११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २५ प्रतिशत नगद लाभांश गरेर कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभामा कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराएको कम्पनीले बताएको छ । त्यसैगरी सभाले आव २०७६÷७० को वार्षिक प्रतिवेदनमन साथै आव २०७७/ ७८ कोलागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ ।