ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु लाइफ इन्स्योरेन्सको शेयर खरीद माग उच्च, मूल्य १० % ले वृद्धि

२०७७ पौष, २६  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । हालसम्मकै इतिहासमा बीमा कम्पनीहरुमध्ये कम मूल्यमा पहिलो कारोबार खुला भएको प्रभु लाइफ इन्स्योरेन्सको शेयर खरीद चाप उच्च देखिएको छ । 

गत आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको उक्त कम्पनीको शेयरमूल्य हालसम्म प्रतिकित्ता रू. ७२ ले बढेको हो । पाँच कारोबार दिन आइतवार उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रू. २०९ कायम भएको हो । 

आइतवार प्रतिकित्ता रू. १९ ले कम्पनीको शेयरमूल्य बढेको हो । उक्त कम्पनीको पहिलो कारोबार रू. १३७ देखि खुला भएको हो । आइतवार पनि कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ ।

१ बजेर ४५ मिनेटसम्मको कारोबारमा कम्पनीको १५ लाख १५ हजार १८१ कित्ता शेयर खरीदको माग रहेको छ । यो अवधिसम्म विक्रीकर्ता भने कोहि देखिएका छैनन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्