पुस २६, काठमाडौं । आइतवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ३७ दशमलव ४८ अंकले बढेर २ हजार २३१ दशमलव ९६ विन्दुमा पुगेको छ ।
१ दशमलव ७१ प्रतिशतले बढेको बजारमा २०६ ओटा कम्पनीको रू. ४ अर्ब ५० करोड ७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको तेस्रो घण्टामा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नारायणी विकास बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३२ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४११ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २८९ मा रू. २१ करोड ६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।