ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ऋणपत्र निष्कासन गर्न राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले सेबोनमा दिए निवेदन

२०७७ पौष, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । 

नेपाल बैंंकले पुस १९ गते र राष्ट्रिय वाणिज्य बैंकले पुस १२ गते ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको हो । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको छ । 

जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता व्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी, नेपाल बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८७ सम्मका लागि ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि सेबोनमा निवेदन दिएको हो । 

३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता सर्वसाधारणको लागि र २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्