ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

४१.२४ अंक बढेर २२३५.७२ विन्दुमा नेप्से, प्रभु बैंकको सर्वाधिक कारोबार

२०७७ पौष, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४१ दशमलव २४ अंक बढेर २ हजार २३५ दशमलव ७२ विन्दुमा पुगेको छ । 

साताको पहिलो दिन आइतवार २०६ ओटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयरको रू.६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये जीवन बीमा कम्पनीहरुको समूहबाहेक सबै समूहको परिसूचक बढेको छ ।

सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ३ शदमलव ९८ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी बैकिङ समूहको परिसूचक ३ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ ।आइतवारको कारोबारमा सर्वाधिक कारोबार भने प्रभु बैंकको भएको छ । उक्त कम्पनीको रू. ४० करोड २९ लाख ९१ हजार बरावरको शेयर खरीदविक्री भएको हो । 

दोस्रोमा कुमारी बैंकको रू. ३० करोड ४५ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । त्यसैगरी शेयर मूल्यमा सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९७ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्