ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राजस्व छलि गर्नेविरूद्ध एक अर्ब ३४ करोड बिगो मागसहित उच्च अदालतमा मुद्दा दायर

२०७७ पौष, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्यआयकर विजक प्रयोग गरी राजस्व चुहावट गर्नेविरूद्ध उच्च अदालत पाटनमा दुई ओटा मुद्दा दायर गरेको छ । 

बारा सिमरा पिपरास्थित न्यू सयपत्री इन्टरप्राइजेजका प्रोप्राइटर विवेक मगरसमेत १३ ओटा फर्मका सञ्चालक तथा मुख्य कारोबारी मनिष कुमारसमेत १५ जनाविरूद्ध मुद्दा दर्ता भएको छ । 

उनीहरूसँग बिगो रकम रू. एक अर्ब २२ करोड २० लाख १८ हजार १९ असुल र कैद सजायको मागदाबी गरिएको विभागले जानकारी दिएको छ । उनीहरूले ती फर्महरू आर्थिक अवस्था कमजोर भएका मजदूरहरूका नाममा दर्ता गरी झुट्टा तथा नक्कली विक्री बिजक जारी गरी आर्थिक वर्ष २०७१/०७२ देखि २०७३ /०७४ सम्म राजस्व चुहावट गरेका विभागले जानकारी दिएको छ ।

त्यसैगरी विभागले सर्लाही बलरा गाउँपालिका २ स्थित संकित जेनेरल सप्लायर्स प्रालिका संचालक सुवोध साहविरूद्ध शुक्रवार मुद्दा दर्ता गरेको छ । 

उनीविरूद्ध रू. १२ करोड ७५ लाख ५१ हजार ६१४ बिगो असुल गरी जरीवाना र कैद सजायको माग दाबी गरेको छ । साहले कुनै पनि वस्तु तथा सेवा खरीद तथा आयात नगरी विभिन्न फर्महरूलाई नक्कली एवम् झुट्टा बिजक उपलब्ध गराइ मूल्य अभिवृद्धि एवम् आयकरसमेतको राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्