ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नक्कली उत्पादन बनाउने उद्योगलाई जरीवाना

२०७७ पौष, २६  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, वीरगञ्ज । विदेशी ब्राण्डका नक्कली उत्पादन बनाउने वीरगञ्जको एउटा उद्योगलाई जिल्ला अनुगमन टोलीले जरीवाना गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारीसमेत सहभागी रहेको अनुगमन टोलीले वीरगञ्ज रेशमकोठीस्थित एसआर रेडिमेडलाई आइतवार ३ लाख रुपियाँ जरीवाना तोकेको हो । 

नर्थ फेस, एडिडासलगायतका ब्राण्डको नक्कल गरी ट्रयाकसुट बनाएको भेटिएपछि उद्योगलाई उपभोक्ता संरक्षण ऐनअन्तर्गत जरीवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकृत दिलीप खङ्ग खत्वेले जानकारी दिए ।

उद्योगमा अनुगमन गर्दा नक्कली उत्पादन बनाएर उपभोक्ता हितविपरीत काम गरेको भेटिएपछि कारवाही गरिएको खत्वेले बताए । 

नक्कली उत्पादन बनाएर उपभोक्तालाई झुक्याएको सूचना आएपछि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले बताएको छ । तोकिएको जरीवाना ७ दिनभित्र तिर्न उद्योग सञ्चालकलाई निर्देशन दिइएको प्रशासनले बताएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्