ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंक बीच सहकार्य सम्बन्धि सम्झौता

२०७७ पौष, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सप्तकोशी डेभलपमेण्ट बैंक बीच भुक्तानी र फर्छ्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

आइतवार स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको मुख्य कार्यालय, बालुवाटार, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्मार्टच्वाइसको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्नेछ ।

धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंकले प्रदेश नम्बर १ का विभिन्न ७ ओटा जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्