ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विन बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

२०७७ पौष, २७  
बजार
NA

काठमाडौं (अस) । विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २९औं साधारणसभा शुक्रवार सम्पन्न भएको छ । कार्यक्रममा  संस्थाका अध्यक्ष मलिका श्रेष्ठले महिला सशक्तीकरणका लागि सन् १९९१ स्थापना गरेको संस्थामा हाल २९९ महिला उद्यमी आबद्ध भएको भन्दै उनीहरूको श्रम र शीपबाट तयार गरिएका खाद्य उत्पादन र हस्तकलाका सामान देशका विभिन्न स्थानका साथै विदेशमा समेत निर्यात हुँदै आएको जानकारी दिइन् ।

संस्थाका सहसचिव अमिता प्रधान शिल्पकारले कोभिड महामारीका कारण सबै क्षेत्रमा प्रतिकूल अवस्था सृजना भएकाले संस्थाका क्रियाकलाप नराम्ररी प्रभावित भएको बताइन् । संंस्थाको सदस्यता अभिवृद्धि भएको जानकारी दिँदै उनले किराना, दराज लगायत व्यापारिक संस्था मार्फत अनलाइन सेवालाई निरन्तरता दिइएको बताइन् ।

संस्थाका कोषाध्यक्ष शान्ति वैद्यले गतवर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने सञ्चालक समितिका सदस्य सुनीता वैद्य श्रेष्ठले आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं संस्थापक सदस्य अम्बिका श्रेष्ठले संस्थाले गरेको प्रगतिको सराहना गरिन् । कार्यक्रममा कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्