ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राजस्व चुहावट आरोपमा १४ फर्मविरुद्ध मुद्दा

२०७७ पौष, २७  
समाचार
NA

काठमाडौं (अस) । झुठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (नक्कली भ्याटबिल) प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले विभिन्न १४ ओटा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले न्यू सयपत्री इन्टरप्राइजेज सहित १३ फर्म र संकित जनरल सप्लायर्सविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

नक्कली भ्याट बिल बनाई राजस्व छली गरेको आरोपमा बारा जिल्ला सिमरा पिपरा–१ बस्ने न्यू सयपत्री इन्टरप्राइजेजका प्रोप्राइटर विवेक मगरसहित अन्य १३ ओटा फर्मका १५ जनाविरुद्ध १ अर्ब २२ करोड २० लाख १९ हजार रुपैयाँ बराबर बिगो कायम गरिएको छ ।

यी १३ ओटै फर्मका मुख्य कारोबारी मनीष कुमार हुन् । न्यू सयपत्री इन्टरप्राइजेजले कमजोर आर्थिक अवस्था भएका तथा मजदूर लगायत व्यक्तिको नाममा कम्पनी दर्ता गरी विभिन्न फर्महरूको नाममा झुठा तथा नक्कली भ्याटबिल जारी गरी आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सम्ममा मूल्य अभिवृद्धि कर तथा आयकर राजस्व चुहावट गरेको पाइएको विभागले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

त्यस्तै, नक्कली भ्याटबिल बनाई राजस्व छली गरेकै कसुरमा विभागले सर्लाही जिल्ला बलरा गाउँपालिका–२ बस्ने संकित जेनेरल सप्लायर्स प्रालिका सञ्चालक सुबोध साहबाट १२ करोड ७५ लाख ५१ हजार ६ सय १४ रुपैयाँ बिगो असुलीको माग गर्दै मुद्दा दायर गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्