ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महुरे–फोक्सिङटार सडक कालोपत्र कार्य अलपत्र

२०७७ पौष, २७  
प्रदेश ०१
NA

खोटाङ । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा ठेकेदार कम्पनीको ढिलासुस्ती पाइएको छ । सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकअन्तर्गत महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काममा निर्माण कम्पनी भारत कन्स्ट्रक्सन सिद्धि शाही जेभी र देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीको ढिलासुस्ती देखिएको हो ।

यसअघि नै कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्नेमा ठेकेदारको ढिलासुस्तीका कारण स्थानीयले सास्ती खेप्नुपरेको छ । महुरे–फोक्सिङटार सडक खण्डअन्तरगत महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्स्ट्रक्सन÷सिद्धि शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले गरिरहेको छ । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्रको काम पूरा नहुँदा जिल्लावासी असन्तुष्ट बनेका छन् । भारत कन्स्ट्रक्सन÷सिद्धि शाही जेभीले २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ साल असार ३० गते सडक विभागसँग योजनाको सम्झौता गरेको थियो ।

रू. ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत मात्र काम सम्पन्न गरेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले बताए । उनका अनुसार देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्ड काम करीब ५९ प्रतिशत सकिएको छ ।

रू. ५५ करोड ८७ लाखमा २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक खण्ड कालोपत्रको काम दशैंतिहार यता काम ठप्प छ ।

काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटकपटक आफ्नो साइट इञ्चार्ज परिवर्तन गरेको स्थानीय मिलन राईले बताए । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका साइट इञ्चार्ज नवीन मैनालीले महुरे–राजापानी सिम्पानी सडक खण्डमा गत कातिक २९ गतेसम्म काम गर्दा ५५ प्रतिशत भौतिक प्रगति भएकोे दाबी गरे ।

महुरे–सिम्पानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले २०७६ पुस २३ गते करीब ३० मिटर ड्रेन भत्काइदिएका थिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्