ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल आयल निगम ५१औं वर्षमा

२०७७ पौष, २७  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल आयल निगम ५१औं वर्षमा प्रवेश गरेको छ । आइतवार निगमले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पछिल्लो समय पेट्रोलियम पदार्थको माग बढ्दै गएकाले माग र आपूर्तिबीच तालमेल मिलाउन सञ्चयका लागि भण्डारण क्षमता विस्तार तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्दै जाने बताएका छन् । यस्तै गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं प्रादेशिक कार्यालय अमलेखगञ्जमा पेट्रोलियम भण्डारणगृह, झापा र धनुषामा ग्यास बोटलिङ प्लान्टका साथै अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण गर्न लागिएको जानकारी उनले दिए ।

यसैगरी झापाको चारआलीमा भण्डारणगृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्ति लगायत कामको थालनी समेत निगमले गरेको उनले बताए । निगमले प्रविधिमैत्री कार्यप्रणालीमा समेत जोड दिएको छ, जसअनुसार निगमले कार्यालयलाई ‘पेपसलेस’ कार्यप्रणालीमा लैजाने भएको छ । यस्तै डिजिटल लकिङ ट्यांकरको नियमित अनुगमन र डिलरहरूको डिजिटल नक्सांकन कार्यको समेत शुरुआत गरेको छ ।

निगमले अहिलेसम्म पाइपलाइन मार्फत डिजेल मात्र आयात गरिरहेकोमा आगामी २ वर्षभित्र पेट्रोल समेत पाइपलाइन मार्फत नै ल्याउने तयारी भएको निगमले बताएको छ । निगमले यसै वर्षदेखि लागू हुनेगरी त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा निगमलाई आवश्यक पर्ने विविध विषयको प्राविधिक अध्ययन एवं अनुसन्धानका काम अघि बढाउने भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्